एसियन च्याम्पियन्स लिग : क्वाटरफाइनलबाटै बाहिरियो रोनाल्डोको नासर

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोआबद्ध अल नासर एसियन च्याम्पयिन्स लिगको क्वाटरफाइनलबाटै बाहिरिएको छ । 

सोमबार राति भएको खेलमा युएइएको क्लब अल एइनसँग पेनाल्टी सुटआउटमा पराजित भएपछि साउदी क्लब अल नासर क्वाटरफाइनलबाटै बाहिरिएको हो । पहिलो लेगमा १–० ले पराजित भएको नासरले सोमबार रातिको दोस्रो लेगमा ४–३ को जित निकालेको थियो । 

समग्रमा ३–३ को बराबरी भएपछि अतिरिक्त ३० मिनेट खेलाइएको थियो । जसमा दुवै टिमले एक/एक गोल गरेपछि नतिजा निकाल्न पेनाल्टी सुटआउटको सहारा लिनु परेको थियो । 

अतिरिक्त समयमा दुवै टिमले १–१ गोल गरेपछि नासर ४–३ ले विजयी हुँदा खेल समग्रमा खेल ४–४ को अवस्थामा टुंगिएको थियो ।  जसमा नासरका लागि रोनाल्डोले मात्रै पेनाल्टीमा गोल गरे । 

अल एइनका सोउफिएन रहिमी, काकु र सुल्तान अल साम्सीले गरेको प्रहार गोलमा परिणत भएका थियो । जितसँगै अल एइन सेमिफाइनलमा प्रवेश गरेको छ । 





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार ९:१७:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया