पिएनीको सातौं विकेट पतन, कुशललाई तेस्रो सफलता
फाइल तस्बिर

हङकङमा जारी त्रिकोणात्मक टी–२० आई सिरिजअन्तर्गत पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाललाई सातौँ सफलता मिलेको छ । नेपाललाई सातौँ सफलता पनि कुशल भुर्तेलले दिलाए । उनले ११औँ ओभरको दोस्रो बलमा नोर्मन भानुआलाई शून्यमै बोल्ड गरे । कुशलले नै यही ओभरको पहिलो बलमा लेगा सियाकलाई ५ रनमा पवेलियन फर्काए ।  

नेपाललाई पाँचौं सफलता आकाश चन्दले दिलाए । उनले ११औँ ओभरको अन्तिम बलमा चार्ल्स अमिनीलाई ९ रनमा आउट गरे । नेपाललाई चौथो सफलता दिलाउनेक्रममा प्रतिश जिसीले ८.२ ओभरमा हिरी हिरीलाई २८ रनमा क्याच आउट गराए । 

नेपाललाई तेस्रो सफलता पार्ट टाइम बलर कुशल भुर्तेलले दिलाए । उनले ७.५ ओभरमा पिएनजीका कप्तान असद भालालाई ९ रनमा क्उाच आउट गराए । नेपाललाई दोस्रो सफलता रनआउटको रूपमा प्राप्त भयो । पिएनजीको दोस्रो विकेट लिनेक्रममा गुलशन झाले सेसे बाउलाई २१ रनमा रनआउट गरे । 

नेपाललाई पहिलो सफलता युवा बायाँ हाते तीव्र गतिका बलर प्रतिश जिसीले दिलाए । उनले तेस्रो ओभरको अन्तिम बलमा टोनी उरालाई १३ रनमा बोल्ड गरे । त्यसअघि मोंगकोकस्थित मिशन रोड ग्राउन्डमा टस हारेर ब्याटिङ निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ९८ रन बनायो । नेपालका लागि कुशल भुर्तेल र सन्दीप जोराले अर्धशतकीय पारी खेले । कुशलले ३९ बलमा चार छक्का र चार चौकासहित ५९ रनको इनिङ खेले । टी–२० आईमा उनको यो आठौँ अर्धशतक हो । योसँगै कुशलले यस ढाँचामा १ हजार रन पूरा गरेका छन् । 

उनी टी–२० आईमा १ हजार रन पूरा गर्ने दोस्रो नेपाली ब्याटर हुन् । यसअघि यो उपलब्धि दीपेन्द्र सिंह ऐरीले हासिल गरिसकेका छन् । यस्तै, मध्यक्रमका ब्याटर सन्दीप जोराले २६ बलमा चार छक्का र तीन चौकासहित ५६ रनको पारी खेले । टी–२० आई करियरमा जोराको यो करियरकै उच्च स्कोर हो । त्यस्तै, यस ढाँचामा उनको यो दोस्रो अर्धशतक हो । त्यस्तै, विवेककुमार यादवले चार बलमा तीन छक्कासहित अविजित १९ रनको आक्रामक पारी खेले ।  

विनोद भण्डारीले २७, गुलशन झाले अविजित १५ र लोकेश बमले १४ रन जोडे । पिएनजीका लागि  कप्तान असद भालाले ३ ओभरमा १८ रन दिएर सर्वाधिक दुई विकेट लिए । 





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार ९:३२:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया