बुढासुब्बा गोल्डकप : झापा सेमिफाइनलमा

झापाको काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टर सुनसरीको धरानमा जारी २४औँ बुढासुब्बा गोल्डकप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले चर्च ब्वाइज युनियनलाई १–० गोलअन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएको हो । 

धरान रंगशालामा आज भएको अन्तिम क्वाटरफाइनल खेलमा काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका आशिष चापागाईंले निर्णायक गोल गरेका थिए । उनले खेलको ४४औँ मिनेटमा गोल गरेका थिए । 

काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरले फाइनल यात्राका लागि बिहीबार एनआरटी क्लब काठमाडौंसँग प्रतिस्पर्धा गर्नेछ । आजको खेलको म्यान अफ दी म्याच काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरका विशाल घलान घोषित भई १० हजार पुरस्कार प्राप्त गरे ।

बुधबार पहिलो सेमिफाइनल खेल आयोजक धरान फुटबल क्लब र मोरङ फुटबल एसोसिएसनबीच हुने आयोजकले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन २९, २०८० मंगलबार २३:१६:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया