पिएनजीविरुद्ध नेपाललाई दोस्रो सफलता, आकाशले लिए कप्तानको विकेट
फाइल तस्बिर

हङकङमा जारी टी–२० त्रिकोणात्मक सिरिजको फाइनलमा पपुवा न्यूगिनी (पिएनजी) विरुद्ध नेपाललाई दोस्रो सफलता मिलेको छ । नेपाललाई दोस्रो सफलता युवा तीव्र गतिका बलर आकाश चन्दले दिलाए ।

उनले १.४ ओभरमा कप्तान असद भालालाई २ रनमा आउट गरे । भालालाई आउट गर्नेक्रममा विकेटकिपर विनोद भण्डारीले उत्कृष्ट क्याच पक्रिए ।  

नेपाललाई उत्कृष्ट सुरुवात दिलाउनेक्रममा करण केसीले पहिलो ओभरको दोस्रो बलमै सेसे बाउलाई शून्यमै पवेलियन फर्काए । नेपालले आज टस जितेर पहिला बलिङ गरिरहेको हो ।

नेपाल लिग चरणमा पिएनजीलाई ८५ रनले हराउँदै शीर्ष स्थान रहेर फाइनल खेल्न लागेको हो । पिएनजीले हङकङलाई १० विकेटले हराएर नेपालसँगको फाइनल भेट पक्का गरेको हो । नेपाल पिएनजीविरुद्धको अपराजित यात्रा कायमै राख्ने सोचमा छ ।  

हालसम्म यी दुई टिमले पाँच टी–२० आई खेलमा एकअर्काको सामना गरेका छन्, जसमा नेपालले चार र पिएनजीले एक खेल जितेको छ ।





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १२:०:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया