प्रचण्डलाई विश्वप्रकाशको जवाफ- कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोसीमा माओवादी केन्द्रका राष्ट्रिय सभा उम्मेदवार पराजय हुँदा कांग्रेसले आफ्नै उम्मेदवार पराजय भएको महसुस गरेको भएपनि माओवादी गठबन्धन गरेको बेला हँसिया हथौडामा भोट हालेको बिर्सिएको आरोप लगाएका छन् ।  

बुधबार प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै महामन्त्री शर्माले  प्रधानमन्त्री दाहालले महासमिति बैठकमा प्रस्तुत प्रस्तावको विषयलाई मुख्य दोष लगाएको उल्लेख गर्दै नेपाली कांगेसले डकुमेन्ट समयअनुसार लेखेको बताए । 

उनले भने,‘कांग्रेसले आफ्नो डकुमेन्ट समय अनुसार लेख्छ । नेपाली जनता, नेपाली कांग्रेसलाई सोधेर लेख्छ । नेपाली कांग्रेसले आफ्नो डकुमेन्ट कम्युनिष्ट पार्टीलाई सोधेर लेख्दैन । त्यसैले यो डकुमेन्टको अवस्थामा चित्त बुझाउनुपर्ने अवस्था छैन ।’

हिन्दु धर्म, राजतन्त्र फिर्ता र यो व्यवस्थाविरुद्ध बोल्ने पार्टीसँग टाउको जोडेर हिँड्दा प्रतिगमन भएन भन्दै शर्माले प्रधानमन्त्री दाहाललाई प्रश्न गरे । शर्माले नेपाली कांग्रेसले संविधान निर्माणको नेतृत्व र व्यवस्था लागु गरी १२ बुँदे सहमति गरेको उल्लेख गर्दै प्रधानमन्त्री नै अस्थिरताको जड रहेको बताए । 





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार १३:४:५९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया