logo-img

इमान्दारीपूर्वक गठबन्धन टिकाउन प्रधानमन्त्रीलाई पौडेलको आग्रह

नेपाली कांग्रेसका सांसद प्रदीप पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहालले एक वर्षभित्र तेस्रोपटक विश्वासको मत लिएर अस्थिरता देखाएको बताएका छन् । 

बुधबार प्रतिनिधिसभा बैठकपछि सञ्चारकर्मीलाई प्रतिक्रिया दिँदै सांसद पौडेलले प्रधानमन्त्री अस्थिर भएको बताएका हुन् । एक वर्षमा तीनपटक विश्वासको मत लिएर प्रधानमन्त्रीले आफूलाई अस्थिरताको पक्षपाती देखाएको उनको आरोप छ । 

गठबन्धनहरू प्रधानमन्त्रीको कारण नभई अरूको कारणले टुट्नुपर्ने भए पनि नेपालमा भने प्रधानमन्त्रीकै कारण गठबन्धन टुट्ने गरेको उनले बताए । वर्तमान सत्तारुढ गठबन्धन पनि धेरै समय स्थिर नहुने बताउँदै उनले यसप्रकारले सरकार बन्ने र भत्किने प्रक्रियाले देशलाई स्थिरता नदिने बताए । 



‘प्रधानमन्त्री जो सरकारको नेतृत्व गर्नुहुन्छ, गठबन्धनको नेतृत्व गर्नुहुन्छ, उहाँकै कारणले गठबन्धन पटक–पटक तोडिएको छ । भत्किएको छ । त्यसकारण यो धेरै स्थिर हुन्छ भन्ने मलाई लाग्दैन,’ उनले भने, ‘सरकार बन्ने, भत्किने जुन खालको प्रक्रिया छ यसले देशलाई स्थिरता दिँदैन । हामीले यो संविधानलाई बचाउन, समृद्धि ल्याउन सक्दैनौँ ।’

अरुले भत्काउने कोसिस गरे पनि गठबन्धनको नेतृत्व इमान्दारीपूर्वक गरेर आफूलाई टिकाउने कोसिस गर्न उनले प्रधानमन्त्रीलाई शुभकामना दिए । 





  • प्रकाशित मिति : फागुन ३०, २०८० बुधबार २०:३६:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया