भोजपुर र उदयपुर जोड्न चुवार पुल नजिकै भएको भएको जिप दुर्घटनामा मृत्यु हुनेको पहिचान खुलेको छ । धरानबाट छुटेको को१ज २५९३ नम्बरको जिप आज बिहान साढे ११ बजेतिर उदयपुरको बेलका-७ बाखाकुवामा दुर्घटना भएको थियो ।
दुर्घटनामा परेर ६ महिने शिशुसहित आठजनाकाे मृत्यु भएको थियाे । सातजनाको घटनास्थलमै र एकजनाको उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । अधिकांश मृतक भोजपुर हतुवागढी गाउँपालिकाका छन् ।
दुर्घटनामा परी नाैजना घाइते भएका छन् । उनीहरूलाई उपचारका लागि धरान लगिएको छ । प्रहरीले मृत्यु तथा घाइतेको विवरण उपलब्ध गराएको छ
घटनास्थलमै मृत्यु हुनेमा चालक हतुवागढी गाउँपालिका-२ का मानबहादुर बस्नेत, हतुवागढी-२ कै चन्द्रप्रकाश राई, हतुवागढी-५की रामकुमारी राई (ममता), बराहक्षेत्र- ३ का पदमबहादुर थापा, हतुवागढी-२ का ६ महिनाका बालक दिशान राई, इटहरीकी कमला अधिकारी, हतुवागढी- २ की पर्वतमाया राई छन् । हतुवागढी-५ का किसन राईकाे उपचारका क्रममा बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
त्यस्तै, घाइतेहरूमा विशेष पराजुली, सावित्रा राई, मिनु राई, शान्तिकला राई, सविना परियार, गायत्री थापा कटुवाल, सुशील परियार, कुलबुङ राई र निकिता कटुवाल छन् । उनीहरूकाे बिपी स्वास्थ्य प्रतिष्ठान धरानमा उपचार भइरहेकाे छ ।
फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।