सहकारीपीडितको गुनासो : गृहमन्त्री नै दोषी छन्, के न्यायको आशा राख्ने ?

देशभरका सहकारी पीडितले बिहीबार काठमाडौंमा प्रदर्शन गरेका छन् । सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघको अगुवाइमा प्रदर्शनमा उत्रिएका हुन् । देशका विभिन्न क्षेत्रबाट आएका पीडितले आज भृकुटीमण्डपमा प्रदर्शन गरेका हुन् । 

प्रदर्शनमा उत्रिएका सहकारीपीडितले सरकारबाट न्यायको आशा मरेको गुनासो पनि गरेका छन्। ‘सहकारीका दोषी नै गृहमन्त्री छन्, हामीले के न्यायको आशा राख्ने ?’ एक प्रदर्शनकारीले भने।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेविरुद्ध सहकारी अपचलनको आरोप लागेको छ। सहकारी ठगीका आरोपित नै गृहमन्त्री बनेपछि न्यायको आशा मरेको प्रदर्शन्कारीको गुनासो छ ।  

बचतकर्ताको रकम हिनामिना गर्नेलाई कारबाहीको माग गर्दै आन्दोलनरत सहकारीपीडित र सुरक्षाकर्मीबीच काठमाडौंमा बिहीबार अपराह्न केहीबेर झडप पनि भएको छ।

सहकारीपीडित सहकारी विभाग जान खोज्दा सुरक्षाकर्मीहरुसँग झडप भएको हो। उनीहरूले सहकारीको रकम हिनामिना गर्ने सञ्चालक, कर्मचारी तथा ऋणीलाई कारबाही गर्न माग गरेका छन् । 





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार १८:५८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया