हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट सुरु गर्न माग

राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरबाट सुरु गर्न माग गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटका सिद्धान्त र प्राथमिकताबारे छलफलमा भाग लिँदै उनले यस्तो माग गरेका हुन् । 

असारमा आर्थिक वर्ष राख्दा विकास निर्माणका नाममा पठाइएको बजेट खर्च नहुने भएकाले कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष बन्नुपर्ने उनको माग छ । कार्तिक र मंसिर महिना हिमाली जिल्लाको आर्थिक वर्ष भए मात्रै बजेट खर्च गर्न सकिने स्थिति रहेको उनले जिकिर गरे । 

‘म जुम्लाको जुम्ली हो । असारसम्म जाँदा बजेट खर्च गर्न पाइँदैन, जति पैसा हालेको भए पनि त्यो खर्च हुन सक्दैन,’ उनले भने, ‘अब आउने बजेटमा सिंगो नेपालको तराई र पहाड भएको आर्थिक वर्ष असार महिनामा हुन्छ भने हिमाली जिल्लाको आर्थिक वर्ष कार्तिक र मंसिरमा गर्नुपर्यो ।’





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार २३:७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया