सन्दीप लामिछाने प्रकरण : जिल्ला अदालतको फैसला बदरको माग गर्दै उच्च अदालतमा निवेदन दर्ता

क्रिकेटर सन्दीप लामिछानेविरुद्धको बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौंको फैसला बदर हुनुपर्ने मागसहित उच्च अदालत पाटनमा पुनरावेदन निवेदन दर्ता गरेको छ। सरकारी पक्षले  पुनरावेदन निवेदन दर्ता गरेको हो ।

गत पुस २५ गते न्यायाधीश शिशिरराज ढकालको इजलासले पीडित ‘गौशाला २६’ बलात्कार मुद्दामा लामिछानेलाई दोषी ठहर गर्दै आठ वर्ष जेल सजाय, जरिवाना र क्षतिपूर्तिस्वरुप पाँच लाख भराउने फैसला सुनाएको थियो। सन्दीपलाई सुनाइएको सजाय कम भएको भन्दै पुनरावेदन गरिएको हो।

लामिछानेविरुद्ध २०७९ भदौ २१ गते बालिका बलात्कार गरेको उजुरी परेपछि असोज २० गते त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट पक्राउ गरिएको थियो।





  • प्रकाशित मिति : चैत १, २०८० बिहीबार २२:३:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया