बागमती प्रदेश स्तरीय धिमे बाजा प्रतियोगिता हुने

नेपालको बहुचर्चित र विशेष गरी नेवाः समुदायको हरेक जात्रा पर्वमा बजाइने धिमे बाजाको संरक्षण तथा प्रबर्द्धन गरी नयाँ युवापुस्तालाई आकर्षण गर्न हेतु ‘बागमती प्रदेश स्तरीय धिमेबाजा प्रतियागिता ११४४’ को आयोजना हुने भएको छ । 

शनिवार भक्तपुरको च्वङागणेशस्थित नेवा नःनिमा पत्रकार सम्मेलन गरी केन्द्रीय मानन्धर संघको आयोजना र भक्तपुर जिल्ला मानन्धर युवासंघको संयोजना चैत्र २४ गते धिमे बाजा प्रतियोगिता सञ्चालन गराउन लागिएको मानन्धर संघले जनाएको छ । 

प्रतियोगिताका लागि काठमाडौं महानगरपालिकाले आर्थिक लागत साझेदारी गर्ने र प्रतियोगिता भक्तपुरको दत्तात्रय मन्दिर परिसरमा हुने बताइएको छ । प्रतियोगितामा बागमती प्रदेश भित्रका खलः, पुचः र संस्थाबाट ५० वटा धिमेबाजा समूहको सहभागी गराउने योजना रहेको कार्यक्रमका संयोजक तथा भक्तपुर जिल्ला मानन्धर युवासंघका अध्यक्ष बाबुकाजी मानन्धरले जानकारी दिए ।

प्रतियागितामा प्रथम हुनेलाई २ वटा धिमे, २ जोर भूस्यासहित नगद २५ हजार रुपैयाँ, दोस्रो हुनेलाई १ वटा धिमे, १ जोर भूस्यासहित नगद १५ हजार रुपैयाँ, तेस्रो हुनेलाई १ वटा धिमेसहित नगद १० हजार रुपैयाँबाट प्रदान गरिने छ भने दशौं स्थान प्राप्त गर्ने प्रत्येक समूहलाई १ जोर भूस्या प्रदान गर्ने गरी व्यवस्था मिलाइएको आयोजकले जानकारी दएको छ । 

त्यस्तै प्रतियोगितामा उत्कृष्ट भेषभुषा र बाजाको बोलमा गरिएको हाउभाउको मुल्यांकन गरि उत्कृष्ट पुरस्कारको ब्यवस्था गर्नुका साथै प्रतियोगितामा सहभागी सबै टिमलाई प्रशंसा पत्र प्रदान गरिने छ ।

प्रतियोगितामा सहभागी हुने समयसीमा चैत्र १६ गते शुक्रवार सम्म तोकिएको छ । प्रतियोगितामा सहभागी हुन काठमाडौंका लागि केन्द्रिय मानन्धर संघ क्षेत्रपाटी, भक्तपुरको लागि मानन्धर व्यायाम मन्दिर साकोलान, थिमिको लागि टिभी प्वाईट शंखधर चोक र बनेपाको लागि वांख्यो दाफा भजन खलः बनेपामा सम्पर्क राखी सहभागी हुन चाहनेले सम्पर्क गर्न सक्नेछन् ।  





  • प्रकाशित मिति : चैत ३, २०८० शनिबार ८:५७:४२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया