logo-img

प्रिमियर लिगमा फुलहम र बर्नलेको जित, लुटन र नटिङ्घमले अंक बाँडे

इंग्लिस प्रिमियर लिगमा फुलहमम र बर्नलेले जित निकाल्दा लुटन र नटिङ्घम फरेस्टले बराबरी खेलेका छन् । शनिबार राति भएको खेलमा फुलहमले टोटनह्यामलाई ३–० गोल अन्तरले पराजित गरेको हो । फुलहमको जितमा रोड्रिगो मुनेजले २ गोल गर्दा सा लुकीले एक गोल थपे । 

खेलको ४२ औं मिनेटमा एन्टोनी रोविनसनको पासमा मुनेजले गोल गर्दै फुलह्यामलाई अग्रता दिलाए । ४९ औं मिनेटमा लुकीले टिमोटी कास्टेग्नेले गोल गरेपछि फुलह्यामले अग्रता दोब्बर बनाएको थियो ।

यस्तै, ६१ औं मिनेटमा मुनेजले व्यक्तिगत दोस्रो गोल गर्दा फुलहमले ३–० को सहज जित निकाल्न सफल भयो । जितसँगै फुलहम ३८ अंकका साथ तालिकाको १२ औं स्थानमा रहेको छ भने पराजित भएको टोटनह्याम ५३ अंकका साथ तालिकाको पाँचौं स्थानमा रहेको छ ।

प्रिमियर लिगकै अर्को खेलमा बर्नलेले ब्रेन्टफोर्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । ब्रेन्टफोर्ड आठौं मिनेटमा १० खेलाडीमा समेटिएको थियो । सर्जियो रिगुलियन रातो कार्ड पाउँदै मैदान छाडेका थिए । त्यसपछि पाएको पेनाल्टीमा बर्नलेका ज्याकोब लार्सेनले गोल गर्दै अग्रता दिलाए । 

६२ औं मिनटमा डेभिड फोफानाले गोल गर्दै बर्नलेको अग्रता दोब्बर पारेका थिए । तर, ८३ औं मिनेटमा क्रिष्टोफोर अजेरले ब्रेन्टफोर्डका लागि गोल गर्दै अन्तर कम गरे पनि हार टार्न सकेनन् । प्रिमियर लिग तालिकामा बर्नले १९ औं तथा ब्रेन्टफोर्ड १५ औं स्थानमा छ ।

यसैगरी नटिङ्घम फरेस्ट र लुटन टाउनले एक–एक गोलको बराबरी खेले । ३४ औं मिनेटमा क्रिस वुडले गोल गर्दै नटिङघम फरेस्टलाई अग्रता दिलाएका थिए । तर, ८९ औं मिनेटमा लुटनका लागि लुकी बेरीले बराबरी गोल गर्दै महत्वपूर्ण एक अंक दिलाए । नटिङ्घम १७ औं तथा लुटन १८ औं स्थानमा छ । प्रिमियर लिगमा आज राति नेपाली समय अनुसार पौने ८ बजे वेस्टह्याम र एस्टन भिल्ला भिड्नेछन् । 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार ८:८:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया