logo-img

चितवनमा सवारी दुर्घटना : भारतीय नागरिकको मृत्यु, चारजना घाइते
फाइल तस्बिर

चितवनमा सवारी दुर्घटना हुँदा एक भारतीय नागरिकको मृत्यु भएको छ । दुर्घटनामा अन्य चारजना घाइते भएका छन् ।

नारायणगढ–मुग्लिन सडकको जलबिरेमा गएराति पौने तीन बजे तिर बस र ट्रक ठोक्किँदा एक जनाको मृत्यु भएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार रौतहटबाट गौर जाँदै गरेका भारतको मोतिहारीका ३५ वर्षीय गौरी दासको मृत्यु भएको हो । 

उनी ग १ ख ८५२४ नम्बरको बसमा सवारी थिए । सो बसले इच्छाकामना गाउँपालिका–६ मा पर्ने जलबिरेमा सडक किनारमा रोकि राखेको ना ६ ख ३५८० नम्बरको ट्रकसँग जुधेको थियो ।

दुर्घटनापछि उपचारका लागि अस्पताल लैजाँदै गर्दा दासको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा अन्य चार जना घाइते भएका छन् । प्रहरीले बसका चालकलाई नियन्त्रणमा लिएको छ । 
 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार ८:५५:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया