गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिन्छ : बालेन

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)ले गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई प्रोत्साहन गरिने बताएका छन् । उनले विभागीय कर्मचारीहरुलाई विश्वास कायम राखेर उच्च मनोबलका साथ काम गर्न प्रोत्साहन समेत गरे ।

आइतबार महानगरपालिकाका विभागीय प्रमुखहरूसँग चालू आर्थिक वर्षको छ महिनाको अर्धवार्षिक प्रगति समीक्षा गर्दै मेयर बालेनले नियत सफा राखेर काम गर्दा कसैसँग डराउन नपर्ने बताए ।  

उनले भने, ‘गलत गर्नुहुँदैन । फेरि गल्ती गर्नेलाई कारबाही गर्नैपर्ने हुन्छ । तर हामीले राम्रो गर्नेलाई प्रोत्साहन पनि गर्दै आएकै छौँ ।’ 

गएको वर्षको तुलनामा यसवर्ष गुनासा कम देखिएकाे र सुधारका संकेतहरु देखिएकाे उनले बताए । 'खर्च कम भयो भनेर नआत्तिनू, भौतिक प्रगति कति भएको छ, त्यो हेर्नुपर्छ । काम भइसकेपछि भुक्तानी रोकिरहन आवश्यक छैन ।’

वर्षाैंसम्म काम गरिरहेका कर्मचारीहरुको अनुभव र क्षमताको प्रयोगबाट धेरै प्रगति हासिल गर्न सकिने बताउँदै मेयर बालेनले धेरै कार्यक्रममध्ये कुन कामलाई प्राथमिकता दिने भन्ने अन्योल नहोस् भनेर महानगर गौरव र स्वर्णिय योजना कार्यान्वयनमा ल्याएकाे बताए । 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १७:१४:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया