हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाइने

युवा तथा खेलकुद मन्त्री विराजभक्त श्रेष्ठले पुल्चोकस्थित हरिहर भवनमा रहेको मन्त्री निवासलाई खेलाडी आवास बनाउने योजना अघि बढाइएको बताएका छन्।

यसअघि राष्ट्रिय खेलकुद परिषदले मन्त्री निवासलाई खेलाडी आवास बनाउन प्रस्ताव गरेको थियो। राष्ट्रिय स्वतन्त्र पार्टीले सामाजिक सञ्जालमार्फत उक्त योजना सार्वजनिक गरेको छ। 

परिषद्का सदस्य–सचिव एवं समितिका संयोजक टंकलाल घिसिङले राज्यले नेपालमा आयोजित अन्तर्राष्ट्रिय तथा नेपालले भाग लिएका विभिन्न प्रतियोगितामा बन्द प्रशिक्षणका दौरान होटल तथा बसोबास खर्चबापत ठूलो धनराशि खर्च गर्दै आएको भन्दै बाध्यात्मक अवस्था अन्त्य गर्न प्रस्ताव अघि सारेका थिए।





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १७:२०:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया