दक्षिण एसियाको भाइचाराका लागि सांस्कृतिक आदानप्रदान

दक्षिण एसियाली मुलुकहरूको सांस्कृतिक सम्बन्ध विस्तारका लागि गठित साउथ एसियन फेटरनिटीले आइतबार काठमाडौंमा विशेष कार्यक्रम आयोजना गरेको छ । कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस प्रवक्ता तथा पूर्वअर्थमन्त्री प्रकाशशरण महतले जनस्तरमा सम्बन्ध सुदृढीकरणका लागि सांस्कृतिक आदानप्रदान महत्वपूर्ण रहेको बताए । 

उनले सत्य पालद्वारा स्थापना गरिएको संस्थाले दक्षिण एसियाली मुलुकमा सांस्कृतिक आदानप्रदानका गतिविधिलाई टेवा लिएको उल्लेख गरे । उनले भने ‘यो संस्था सत्य पालले स्थापना गर्नु भएको हो ।  अटल विहारी बाजपेयी पनि यसमा संस्थापक सदस्य हुनुहुन्छ । पाल भर्खरै दिवंगत हुनुभयो । उहाँले मलाई काठमाडौंमा कार्यक्रममा राखौँ भन्नुभएको थियो ।’

दक्षिण एसियाली सहयोग संगठन सार्कको स्थापनाको उद्देश्य दक्षिण एसियाली मुलुकबीच सहकार्य बढाउने भन्ने छ । भारत–पाकिस्तानबीचको सम्बन्धमा आएको तिक्तताका कारण सार्क निष्प्रभावी भइरहेका बेला फेटरनिटीले भने विभिन्न मुलुकमा सांस्कृतिक आदानप्रदानका कार्यक्रम गरिरहेको छ ।

कार्यक्रमका सहभागीलाई स्वागत गर्दै पूर्वअर्थमन्त्री महतले भने ‘यो सांस्कृतिक आदानप्रदानको कार्यक्रमले एकआपसमा एकता र सहकार्य बढाउन, एकअर्कालाई बुझ्न मद्दत गर्छ । मित्रता बढाउन मद्दत गर्छ । हामी आपसका मिल्दाजुल्दा कुरा के के छन् बुझौँ । सहकार्य गरौं ।’ 





  • प्रकाशित मिति : चैत ४, २०८० आइतबार १७:४८:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया