लिभरपुललाई हराउँदै युनाइटेड एफए कपको सेमिफाइनलमा

लिभरपुलविरुद्ध रोमाञ्चक जित निकालेर म्यानचेस्टर युनाइटेड एफए कपको सेमिफाइनलमा प्रवेश गरेको छ । गएराति घरेलु मैदान ओल्ड ट्राफोर्डमा भएको खेलमा लिभरपुललाई अतिरिक्त समयमा ४–३ ले हराउँदै युनाइटेड सेमिफाइनलमा प्रवेश गरेको हो ।   

निर्धारित ९० मिनेट २–२ को बराबरीमा सकिएपछि खेलको नतिजा अतिरिक्त समयबाट लिइयो । युनाइटेडका लागि स्कट मकटोमिने, एन्टोनी, मार्कस र्‍यासफोर्ड र अमाद डियालोले गोल गरे ।

लिभरपुलका लागि एलेक्सिस मक्यालिसटार, मोहम्मद सालाह र हार्भी एलियटले एक/एक गोल फर्काए ।

युनाइटेडको जितपछि एफए कपको सेमिफाइनल समीकरण पनि पूरा भएको छ । यसपटक युनाइटेडसहित म्यानचेस्टर सिटी, चेल्सी र कोभेन्ट्री सिटीले  सेमिफाइनलको यात्रा गरे । 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ६:३९:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया