logo-img

आइसिसी अध्यक्ष बार्क आज नेपाल आउँदै, यस्तो छ भ्रमण तालिका

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) का अध्यक्ष ग्रेग बार्क आज नेपाल आउने भएका छन् । भारतको नयाँ दिल्लीमा आइतबार राति भएको वुमन्स प्रिमियर लिगको फाइनलमा सहभागी भएका अध्यक्ष बार्क सोमबार अपरान्ह काठमाडौं आइपुग्ने भएका हुन् । 

उनी चार बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने छन् । चार दिने नेपाल भ्रमणका क्रममा बार्कले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, अर्थमन्त्री वर्षमान पुन, युवा तथा खेलकुदमन्त्री विराज भक्त श्रेष्ठ, राष्ट्रिय खेलकुद परिषद् राखेपका सदस्य सचिव टंकलाल घिसिङ र क्रिकेट संघका पदाधिकारीसँग छलफल गर्ने कार्यतालिका रहेको छ ।

काठमाडौं आएपछि उनलाई क्यानले स्वागत गर्नेछ । बार्कले मंगलबार क्यानका बोर्ड सदस्यसँग छलफल गर्ने र त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानका साथै मूलपानीको पनि भ्रमण गर्नेछन् ।



बुधबार उनलाई फाउन्टेन फ्लाइट गराउने क्यानको तयारी छ । यस्तै, आइसिसी अध्यक्ष बार्कले स्वयम्भू, पाटन दरबार स्क्वायर र बौद्ध स्तुपाको पनि भ्रमण गर्नेछन् । उनले मंगलबार नै प्रधानमन्त्री, अर्थमन्त्री, युवा तथा खेलकुदमन्त्री, राखेप सदस्यसचिवसहितको भेटवार्ता तय गरिएको छ ।

उनी बिहीवार बिहान काठमाडौंबाट नयाँ दिल्ली नै फिर्ता हुनेछन् । बार्क भारतमा शुक्रबारबाट सुरु हुन लागेको इन्डियन प्रिमियर लिगको उद्घाटन समारोहमा सहभागी हुनेछन् । 



नेपाली क्रिकेट टिमले पछिल्लो समय हासिल गरेको सफलता पछि आइसिसीले पनि नेपालको क्रिकेट विकासबारे चासो राख्न थालेकाले अध्यक्ष बार्कको नेपाल भ्रमणलाई अर्थपूर्णरूपमा हेरिएको छ । 



  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ९:३४:४४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया