म्याग्दीमा जिप दुर्घटना : चालकसहित दुई जनाको मृत्यु
फाइल तस्बिर

म्याग्दीको अन्नपूर्ण गाउँपालिका–५ पाउद्वार गाउँ जाँदै गरेको ग १ ज ७६५३ नम्बर प्लेटको यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

प्रहरीका अनुसार खोप्राबाट झरेका तीनजना पर्यटक लिन अन्नपूर्ण गाउँपालिका केन्द्र रहेको पोखरेबगरबाट पाउद्वार गाउँतर्फ जाँदै गरेको जिप आइतबार साँझ सडकदेखि करिब ५० मिटर तल खस्दा अन्नपूर्ण गाउँपालिका–५, पाउद्वारमा बस्दै आएका चालक गणेश श्रेष्ठ र सोही ठाउँका लालबहादुर तिलिजाको मृत्यु भएको हो । 

पर्यटक लिन आइतबार साँझ नै पाउद्वार गाउँ पुग्नुपर्ने जिप रातिसम्म नपुगेपछि सोमबार बिहान खोजी गर्दा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको स्थानीय वडासदस्य पूर्णबहादुर पाइजाले जानकारी दिए ।   





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार ९:५१:३४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया