सहकारीका ऋणीलाई विभागको अपिल- समयमै ऋण चुक्ता गर्नू
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाले सहकारीबाट लिएर चुक्ता गर्न बाँकी रहेका ऋणीलाई समयमै ऋण चुक्ता गर्न आग्रह गरेको छ ।

महानगरपालिकाको सहकारी विभागले सार्वजनिक सूचना जारी गर्दै सहकारीबाट लिएको सावा र ब्याज समयमै नतिर्ने सदस्यलाई कानुनी कारबाही गर्ने चेतावनीसमेत दिएको छ । 

पछिल्लो समय ऋण नतिरे मिनाहा हुने भन्ने अफवाहका भरमा ऋणीले ऋण नतिर्दा कारोबार प्रभावित हुने अवस्था बनेको भन्दै विभागले ऋणीले समयमै रकम चुक्ता नगर्दा बचतकर्ताको बचत फिर्ता गर्न नसक्ने अवस्था भएकोप्रति समेत ध्यानाकर्षण गराएको छ । 
 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १०:३१:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया