logo-img

शोक प्रस्ताव पारित गरेर राष्ट्रियसभा बैठक स्थगित

राष्ट्रिय सभाको आजको बैठकले प्रतिनिधिसभा सदस्य मञ्जु शर्मा अन्सारीको निधनमा शोक प्रस्ताव पारित गरेको छ । 

बैठकमा राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले अन्सारीको निधनप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारमा गहिरो समवेदना प्रस्ताव प्रस्तुत गरे । 

उक्त प्रस्ताव बैठकले सर्वसम्मतरूपमा पारित गरेको थियो । बैठकमा दिवङ्गत सांसद अन्सारीप्रति एक मिनेट मौनधारण गरिएको थियो । अन्सारी जनता समाजवादी पार्टी (जसपा) नेपालबाट वि.सं २०७९ को प्रतिनिधिसभामा समानुपातिक सदस्यका रुपमा निर्वाचित भएका थिए । 

उनको उपचारका क्रममा आइतबार निधन भएको थियो । राष्ट्रिय सभाको अर्को बैठक यही बुधबार बिहान ११ बजेर १५ मिनेटमा बस्नेछ । 





  • प्रकाशित मिति : चैत ५, २०८० साेमबार १३:४४:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया