मुल्तानलाई हराउँदै इस्लामाबादले जित्यो पाकिस्तान सुपर लिगको उपाधि

नवौँ संस्करणको पाकिस्तान सुपर लिग (पिएसएल) को उपाधि इस्लामाबाद इनाइटटेडले जितेको छ । गएराति सम्पन्न फाइनल खेलमा मुल्तान सुल्तानलाई २ विकेटले हराउँदै युनाइटेडले उपाधि जितेको हो । उसले तेस्रोपटक पिएसएल उपाधि जितेको हो ।  

यसअघि युनाइटेडले सन् २०१६ र २०१८ को पिएसएल उपाधि जितेको थियो । कराचीमा भएको नवौँ संस्करणको फाइनलमा मुल्तानले दिएको १ सय ६० रनको लक्ष्य इस्लामाबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर पूरा गर्‍यो ।

 

उसका लागि मार्टिन गुप्टिलले ५०, आजम खानले ३०, इमाद वासिमले अविजित १९, कोलिन मुनरो र नसीम साहले १७/१७ रन बनाए । मुल्तानका लागि खुसदील साह र इफ्तिखार अहमदले सर्वाधिक दुई/दुई विकेट लिए । 

त्यसअघि टस जितेर ब्याटिङ रोजेको मुल्तानले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय ५९ रन बनायो । उसका लागि उस्मान खानले ५७, इफ्तिखार अहमदले अविजित ३२ र कप्तान मोहम्मद रिजवानले २६ रन बनाए । इस्लामाबादका लागि इमाद वासिमले पाँच तथा सादब खानले तीन विकेट लिए ।   





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार ६:२८:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया