पहिलो कप्तान नेरी थापाले लिइन् क्रिकेटबाट संन्यास
फाइल तस्बिर

नेपाली महिला क्रिकेट टिमकी पहिलो कप्तान नेरी थापाले सम्पूर्ण क्रिकेट फरम्याटबाट सन्न्यास लिएकी छन् । सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत क्रिकेटबाट संन्यास लिएको घोषणा गरेकी हुन् ।   

नेपालले सन् २००७ मा पहिलोपटक अन्तर्राष्ट्रिय क्रिकेटमा सहभागिता जनाउँदा नेपालको कप्तानी नेरीले गरेकी थिइन् । एपिएफबाट घरेलु क्रिकेट खेल्दै राम्रो अलराउन्ड प्रदर्शन गरे पनि फिटनेश र युवा खेलाडीलाई प्राथमिकतामा राख्दा उनले मौका पाउन सकेकी थिइनन् ।  

नेपालगञ्जस्थित शान्तिनगरमा घर भएकी नेरी २००७ देखि २०१९ सम्म नेपाली टोलीमा लगातार खेलेकी थिइन् । सन् २००८ मा नेरीको कप्तानीमा थाईल्यान्डमा एसिसी यू–१९ वुमन्स च्याम्पियनसिपको फाइनलमा मलेसियालाई ७ विकेटले हराउँदै उपाधि जितेको थियो । 

सन् २०१० मा पनि नेरीकै कप्तानीमा सिंगापुरमा सम्पन्न एसिसी यू–१९ वुमन्स च्याम्पियनसिपमा नेपाल विजेता बनेको थियो । 





  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार ६:४३:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया