इटहरी गोल्डकप चैत १० देखि, एपिएफ र सगरमाथाबीच पहिलो खेल
इटहरी रंगशाला, फाइल तस्बिर

अन्तर्राष्ट्रिय आमन्त्रण इटहरी गोल्डकप फुटबल प्रतियोगिताको १४औँ संस्करण चैत १० गतेदेखि हुने भएको छ । उद्घाटन खेलमा विभागीय टिम सशस्त्र प्रहरीको एपिएफ र साविक विजेता सगरमाथा युथ क्लब मोरङबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ ।

आयोजक राष्ट्रिय जागृति क्लब इटहरीले आज खेल तालिका सार्वजनिक गरेको हो । प्रतियोगिता १९ चैतसम्म हुनेछ । इटहरी रंगशालामा हुने खेल फ्लड लाइटको प्रयोग गरी रात्रिकालीन हुने जनाइएको छ । 

प्रतियोगितामा भारतीय एक टिमसहित आठवटा टिमले सहभागिता जनाउने निश्चित भएको छ । दोस्रो दिन आयोजक राष्ट्रिय जागृति क्लब र भारतको कञ्चनजंगा फुटबल क्लबबीच खेल हुनेछ । 

यस्तै, तेस्रो दिन चैत १२ गते विभागीय टिम त्रिभुवन आर्मी र बिर्तामोड युनाइटेड झापाबीच प्रतिस्पर्धा हुनेछ । चैत १३ गते चर्च ब्वाइज युनाइटेड र न्यूरोड टिम एनआरटीबीच प्रतिस्पर्धा हुनेछ । 

प्रतियोगिताका संयोजक अनुरोध थापाका अनुसार उपाधि विजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछ । उपविजेता टिमले ५ लाख रुपैयाँ पाउनेछ । यस्तै, सर्वाधिक गोलकर्ता खेलाडीले २५ हजार रुपैयाँ पुरस्कार पाउने आयोजकले जनाएको छ । 

यस्तै, प्रतियोगिताको उत्कृष्ट खेलाडीले १ लाख रुपैयाँ पुरस्कार पाउनेछन् । प्रत्येक खेलको प्लेयर अफ द म्याच हुने खेलाडीले १० हजार रुपैयाँ प्राप्त गर्नेछन् ।



खेल तालिका :



  • प्रकाशित मिति : चैत ६, २०८० मंगलबार ७:४८:१६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया