अनसनमा रहेका सहकारी पीडितका अगुवा केसीको अवस्था नाजुक

आमरण अनसनमा रहेका सहकारी बचतकर्ता संरक्षण राष्ट्रिय महासंघका अध्यक्ष कुशलब केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ ।

केसीलाई चैत १ गते भृकुटीमण्डपमा प्रदर्शनका क्रममा प्रहरीले कुटपिट गरी पक्राउ गरेर थुनामा राखेको र त्यही दिनदेखि उनले आमरण अनसन सुरु गरेको, दुई दिनपछि वीर हस्पिटल लगिएको र त्यसपछि रिहा गरे लगत्तै तीनकुनेमा आमरण अनसन रहेका उनको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको आन्दोलनकारीहरूले बताएका छन् । 

‘उहाँको शरीरमा रहेको घाउचोट र आमरण अनसनका कारण स्वास्थ्य अवस्था अत्यन्त नाजुक भएकाले तत्काल उहाँको जीवन रक्षाका लागि आवाज उठाउनु हामी सबैको कर्तव्य भएकाले उहाँको विषयलाई उठान गरिदिनुपर्ने भएको छ,’ एक आन्दोलनकारीले भने ।

त्यस्तै नेपाली कांग्रेसका केन्द्रीय सदस्य अजयबाबु सिवाकोटीले पनि केसीको अवस्था नाजुक रहेकोतर्फ सम्बन्धित सबै पक्षको ध्यानाकर्षण गराएका छन् । उनले सहकारी बचतकर्ताहरूको जायज माग तत्काल सम्बोधन गर्न पनि सरकारसँग माग गरेका छन् ।

त्यस्तै राष्ट्रिय मानवअधिकार आयोगले पनि केसीको जीवन रक्षा गर्न र सहकारी बचतकर्ताहरूको उठाएका मागहरू सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ ।

‘अनसनरत केसीको स्वास्थ्य अवस्थाप्रति संवेदनशील भई वार्ता र संवादका माध्यमबाट सहकारी पीडितहरूको समस्याको समाधान गर्न आयोग सरकारको ध्यानाकर्षण गराउँदछ,’ आयोगद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 



सरकारले बिहीबार वार्ताका लागि आन्दोलनरत पक्षलाई सिंहदरबारमा बोलाएको छ ।  



  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १२:२८:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया