logo-img

एक्कासि किन श्रीलंका उडे विनाेद चाैधरी ?

उद्योगी तथा नेपाली कांग्रेसका सांसद विनोद चौधरी श्रीलंका प्रस्थान गरेका छन् । बाँसबारी छाला जुत्ता कारखानाको जग्गा प्रकरणमा सीआइबीकाे छानबिनमा रहेका उनी श्रीलंका उडेका हुन् ।

चैधरीसँग नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीले बिहीबार बिहान सरकारी वकिल कार्यालयमा बयान दिएका थिए । बयान दिएपछि उनी बिहीबार नै श्रीलंकाको राजधानी कोलम्बो उडेका हुन् ।

चौधरी ग्रुपका प्रवक्ता मधुसूदन पौडेलले भने विनाेद नियमित तालिकामा विदेश गएको दाबी गरेका छन् । व्यापारको सिलसिलामा उनी ४० वर्षदेखि विदेश आउने-जाने गरेकाे र अहिले त्यसैको निरन्तरता मात्रै भएकाे प्रवक्ताले बताएका छन् । 



बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा चौधरी समूहले आफ्नो बनाएको विषयमा चौधरीले इन्कारी बयान दिएका थिए । चौधरीसँग सिआइबीले बिहीबार बिहान ८ देखि ११ बजेसम्म तीन घन्टा बयान लिएको थियो । 





  • प्रकाशित मिति : चैत ८, २०८० बिहीबार १८:०:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया