घलेगाउँको पर्यटन प्रवर्द्धन गर्न फुटबल प्रतियोगिता
घलेगाउँ, फाइल तस्बिर

फुटबलको माध्यमबाट पर्यटक भित्र्याउने लक्ष्यका साथ दक्षिण एसियाकै नमूना क्व्होलासोथर गाउँपालिका–३ घलेगाउँमा आउँदो १ वैशाखदेखि ‘सातौं स्मार्ट भिलेज आमन्त्रण गोल्डकप’ फुटबल प्रतियोगिता हुने भएको छ । 

समुद्र सतहबाट २ हजार १ सय मिटर उचाइमा रहेको करिब ८ सय वर्ष पुरानो घलेगाउँस्थित घलेगाउँको स्वर्गभूमी रङ्गशालामा उक्त प्रतियोगिता हुने भएको हो । प्रतियोगिता आयोजक पर्यटन व्यवस्थापन समिति, स्मार्ट भिलेज घलेगाउँले बिहीबार बेँसीसहरमा पत्रकार सम्मेलन गरेर देशका प्रतिष्ठित   १२  फुटबल क्लबीच प्रतिस्पर्धा हुने जनाएको छ ।

प्रतियोगितामा प्रथम हुने टोलीलाई ५ लाख ५० हजार ५ सय ५५, गोल्डकप र पदक, दोस्रो स्थान हासिल गर्नेलाई ३ लाख ५० हजार तीन सय ५५ रुपैयाँसहित पदक प्रदान गरिने भिलेज घलेगाउँका अध्यक्ष प्रेमबहादुर घलेले जानकारी दिए । 

प्रतियोगितामा सर्वाधिक गोलकर्ता र उत्कृष्ट खेलाडीलाई जनही नगद १० हजार रुपैयाँसहित पदक प्रदान गरिने छ । ६ दिनसम्म सञ्चालन हुने प्रतियोगिताअन्तर्गत नकआउट आधारमा खेल हुनेछन् । प्रतियोगिता सञ्चालन गर्न ३१ लाख ८० हजार रुपैयाँ लाग्ने अनुमान गरिएको अध्यक्ष घलेले बताए । रासस 





  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ७:१९:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया