logo-img

भारतीय राजदूतावासले मनायो ५९औँ ‘आइटेक’ दिवस

भारतीय राजदूतावासले ५९ औँ भारतीय प्राविधिक तथा आर्थिक सहकार्य (आइटेक) दिवस मनाएको छ ।

शुक्रबार भएको कार्यक्रमम एम्सका पूर्वविद्यार्थी एवं नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले विकास र शिक्षाको क्षेत्रमा भारत–नेपालबीचको सहकार्यलाई अघि बढाउने विषयमा आफ्नो अनुभव र विचार सुनाएका थिए । 

नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले भारतको अन्य देशसँगको साझेदारी ‘वसुधैव कुटुम्बकम्’ र ‘सबका साथ, सबका विकास, सबका विश्वास र सबका प्रयास’ सिद्धान्तमा आधारित रहेको बताए । सन् २०२३–२०२४ मा, नेपालको सन्दर्भमा अहिलेसम्मकै उच्च, ४४० भन्दा बढी आइटेक सिट प्रयोग भएको जानकारी दिँदै उनले नेपालका सरोकारवालाको रुचिलाई ध्यानमा राख्दै आइटेकअन्तर्गत प्रशासक, रेलवे अधिकारी, कृषिविद्, संसदीय अधिकारीका लागि अझ बढी तालिमका अवसर प्रदान गरिने बताए ।

घनिष्ठ एवं नजिकको छिमेकीको नाताले भारत सरकारले बितेका १५ वर्षमा दुई हजारभन्दा बढी नेपालीलाई आइटेकअन्तर्गत तालिम दिएको दूतावासले शुक्रबार जारी गरेको विज्ञप्तिमा जनाइको छ ।  





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार ९:५५:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया