देशलाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न आवश्यक : राजेन्द्र महतो

राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक राजेन्द्र महतोले नेपाललाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्न आवश्यक रहेको बताएका छन् । 

शनिबार काठमाडौंमा आयोजित ‘होली के सँग राष्ट्रियताको बहुरंग’होली विशेष मिलन कार्यक्रममा बोल्दै उनले देशमा भएका विभिन्न समस्याहरुको समाधानको उपाय भनेकै देशलाई बहुराष्ट्रिय राज्यको रुपमा स्थापित गर्नु रहेको भन्दै सोहीअनुसार देशको शासन र संविधान चलाउन आवश्यक रहेको बताए । 

उनले भने,‘अब आफ्नै या स्वदेशमा हामी सबैले आफ्नो पहिचान, संस्कृति एक ढिक्का भयौँ भने त्यो स्वदेशवाद हुन्छ । त्यही बहुराष्ट्रिय राज्य हुन्छ । देशको यावत् समस्याहरुको समाधान गर्न बहुराष्ट्रिय राज्यको स्थापना गर्नुपर्छ । 

सोहीअनुसार देशको शासन र संविधान चलाउने हो । त्यो नै हाम्रो उत्तम उपाय हो । देशको रक्षा र समृद्धि, प्रगतिको लागि वा हामी सबैको स्वाभीमानको लागि अधिकार र पहिचानका साथ बाँच्न देश प्राकृतिक चरित्रअनुसार शासन हुनुपर्छ ।’

उनले बहुराष्ट्रिय मान्यताको आधारमा देशको शासन र संविधान चलाएर नेपाल सबैको लागि बन्नुपर्ने धारणा राखे । 





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार १६:१६:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया