खेलक्षेत्रको विकासका लागि सोमबारबाट एक्सनमा जान्छु : मन्त्री श्रेष्ठ

युवा तथा खेलकुदमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले खेल क्षेत्रसँग सम्बन्धित नियुक्तिहरु स्वस्फुर्त र निष्पक्ष हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित पार्टीको कार्यक्रमलाई सम्बोधन गर्दै उनले खेलकुद क्षेत्रबाट खेलाडीहरु विदेश पलायन नहुने गरी काम गर्ने प्रतिबद्धता जनाए । 

खेल क्षेत्रमा राजनीतिक नियुक्तिले धेरै ठाउँ बिग्रिएको भन्दै उनले अबका दिनमा राजनीतिक नियुक्ति खेल र खेलाडीको विकासका लागि हुने बताए । स्काउटको जग्गा हडपेर बसेको कुरा स्पष्ट भएको भन्दै उनले अब जग्गा फिर्ता लिने पनि बताए । 

पहिला पहिला सुतेको मान्छेले सपना देख्ने भन्दै उनले अहिले आफूहरुले सपना देखेर सुत्न नसकेको बताए । रास्वापले ०८४ सम्म सुत्न छोडेर भए पनि देश विकासका लागि काम गर्नुपर्ने उनले बताए । मन्त्री श्रेष्ठले आगामी सोमबारबाट खेल क्षेत्रको विकासका लागि एक्सनमा जाने प्रतिबद्धता जनाए । 

खेलकुद मन्त्रालयको स्थिति नाजुक रहेको र आफूले अबका दिनमा माथि लैजाने उनको प्रतिबद्धता छ । 





  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार १९:४७:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया