साहित्यकार डा. लम्साललाई क्षेत्रप्रताप साहित्य पुरस्कार प्रदान

गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्च तनहुँद्वारा स्थापित क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार साहित्यकार एवं सञ्चारकर्मी डा. नवराज लम्साललाई प्रदान गरिएको छ । 

तनहुँको ऋषिङ गाउँपालिकाको सभाहलमा आज आयोजित एक कार्यक्रममा डा. लम्साललाई उक्त पुरस्कार प्रदान गरिएको हो । क्षेत्रप्रताप अधिकारीको सम्झनामा स्थापित उक्त पुरस्कारको राशि २५ हजार रहेको छ । 

गीतल राष्ट्रिय पुरस्कार–२०८०, तिला लेकाली (मोरङ)लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि १० हजारको रहेको छ । नेपाल अधिराज्यमा वाङ्मय पुरस्कार डा. रमेशचन्द्र अधिकारीलाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि १० हजार रहेको छ । 

त्यस्तै गीतल प्रतिभा पुरस्कार–२०८० शोभासिंह ठकुरी (तनहुँ)लाई प्रदान गरिएको छ । उक्त पुरस्कारको राशि पाँच हजार रहेको छ । 

संघी सांसद रेखा यादवले सम्मानित व्यक्तित्वलाई पुरस्कृत गर्दै कला र साहित्यका क्षेत्रबाट देश विकासका लागि सकारात्मक दबाब सृर्जना गर्न आग्रह गरिन् । ऋषिङ गाउँपालिकाका अध्यक्ष राजेन्द्रकृष्ण श्रेष्ठले तनहुँ कला, संस्कृति र साहित्यमा धनी रहेको चर्चा गर्दै साहित्यको विकासका लागि गाउँपालिका प्रतिबद्ध रहेको बताए । 

साहित्यको क्षेत्रमा विशिष्ट योगदान पुर्याउने व्यक्तित्वलाई प्रतिष्ठानले हरेक वर्ष पुरस्कृत गर्दै आएको प्रतिष्ठानका अध्यक्ष आकाश अधिकारीले जानकारी दिए । मञ्चले विगत छ वर्षदेखि विभिन्न व्यक्तिहरुलाई उक्त पुरस्कारबाट सम्मान गर्दै आएको छ । 



क्षेत्रप्रताप स्मृति साहित्य पुरस्कार भने गत वर्षदेखि प्रदान गर्न थालिएको थियो । पहिलो वर्ष उक्त पुरस्कार डा. रामप्रसाद ज्ञवालीलाई प्रदान गरिएको थियो । 

मोफसल बाहिर रहेर गीतल प्रतिष्ठान नेपाल तथा नाटक मञ्चले तनहुँ जिल्लामा विभिन्न औपचारिक, अनौपचारिक गतिविधिहरूमा संलग्न रहँदै भाषा साहित्य, कला, संगीत र नाट्य क्षेत्रमा कार्य गर्दै आएको सचिव माधव अधिकारीले बताए । 



  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार २०:२२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया