logo-img

आफूलाई एक्लियो, हरायो भन्नेहरूलाई डा.बाबुरामको जवाफ

पूर्व प्रधानमन्त्री एवं नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले धेरैले आफूलाई एक्लियो, हरायो भन्ने गरेको भन्दै त्यसमा चिन्ता नलिन आग्रह गरेका छन् । 

शनिबार सामाजिक सञ्जालमार्फत तीन बुँदामा उनले नेपालको वर्तमान राजनीतिक अवस्थाको चित्रण गर्दै यसबाट सही समाधान नहुने बताएका छन् । 

उनले अन्त्यमा भनेका छन्, ‘अतः हाम्रो सार्वजनिक विमर्शलाई व्यक्तिकेन्द्रित हैन मुद्दा–केन्द्रित बनाउने कि ? बाबुरामहरू त इतिहासमा आउँछन् जान्छन् ! इतिहासले सबैको हिसाब राखिहाल्छ नि !’



उनको भनाइ जस्ताको तस्तै

धेरै महानुभवहरूले बाबुराम ‘एक्लियो’ ‘हरायो’ भनेर चिन्ता गरेको देखियो। चिन्ता त्यता हैन यता गरौंः

१.बर्षमा तीन चोटि गठबन्धन र सरकार परिवर्तन हुने र उनै भिजनविहीन,गफाष्टक,आत्मकेन्द्रित,विवादास्पद मान्छे वीच कुर्सी साटासाट भैरहने हो भने भिजिनरी नेतृत्व सहितको राजनीतिक स्थीरता कसरी हासिल हुन्छ? लोकतान्त्रिक स्थीरता विना देश कसरी सुशासित र समृद्ध हुन्छ? यसनिम्ति छिटो संविधान संशोधन गरेर प्रत्यक्ष निर्वाचित कार्यकारी र पूर्ण समानुपातिक ढाॅचामा प्रत्यक्ष निर्वाचित व्यवस्थापिका प्रणालीमा किन नजाने?



२. पालैपालो सबै प्रमुख दल र नेताको नेतृत्व रहेका सरकारहरू अरबौं अर्बका भ्रष्टाचार काण्डहरूमा मुछिएको जगजाहेर भैसक्दा उनीहरूले नै अहिले भएकै शक्तिविहीन संसथाहरू मार्फत् भ्रष्टाचारीलाई कार्वाही गर्छन् र देशमा सुशासन कायम हुन्छ भनेर आशा गर्नु नीतिकथाको स्यालले ‘झर्ला र खाउॅला’ भनेजस्तै हुन्न र? अधिकारसम्पन्न र स्वायत्त जनलोकपाल वा यस्तै वैकल्पिक संयन्त्र निर्माण गरेर ‘ठूला माछा’ लाई समेत तह लगाउने र देशमा कडाइपूर्क विधिको शासन कायम गर्ने दिशामा किन नजाने?

३. दशकौंदेखि ३-४ % भन्दा माथि आर्थिक बृद्धिदर हासिल नभएको, देश श्रम निर्यात र वस्तु आयातको दुष्चक्रमा फसेको,व्यापार घाटा र वैदेशिक ऋण वर्षेनी चुलिदै गएको, पहिले उद्योग र पछि कृषि क्षेत्र पूरै धरासायी हुॅदै गएको, शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारको कुरा छेपारोको कथामा सीमित भैरहेको आदि गम्भीर अर्थ-राजनीतिक संरचनात्मक समस्या हल नगरी देश कसरी समृ्द्ध बन्छ? यिनै भिजनविहीन, निष्ठारहित मान्छेहरूबाट यी कुरा सम्भव होलान्?



आदि इत्यादि!

अतःहाम्रो सार्वजनिक विमर्शलाई व्यक्ति-केन्द्रित हैन मुद्दा-केन्द्रित बनाउने कि? बाबुरामहरू त इतिहासमा आउॅछन् जान्छन्! इतिहासले सबैको हिसाब राखिहाल्छ नि!


 

  • प्रकाशित मिति : चैत १०, २०८० शनिबार २२:५७:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया