मैत्रीपूर्ण खेलमा फ्रान्सविरुद्ध जर्मनीको सहज जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटबलमा जर्मनीले फ्रान्सलाई २–० गोल अन्तरले हराएको छ । गएराति सम्पन्न खेलमा जर्मनीका लागि फ्लोरियन विट्जले खेल सुरु भएको पहिलो ८ सेकेन्डमै गोल गर्दै अग्रता दिलाएका थिए । 

उनले टोनी क्रसको पासमा गोल गर्दै सुरुमै जर्मनीलाई अग्रता दिलाए । उनको यो पहिलो अन्तर्राष्ट्रिय गोल पनि हो ।  ४९ औं मिनेटमा केइ हार्भाटेजले जमाल मुसेलाको पासमा गोल गर्दै जर्मनीलाई २–० गोलले अघि बढाए । त्यसपछि केलियन एम्बापेको टोलीले कमब्याक गर्न नसक्दा अन्ततः जर्मनी २–० गोल अन्तरले विजयी भयो ।

यस्तै, मैत्रीपूर्ण खेलमा ब्राजिलले इंग्ल्याण्डलाई पराजित गरेको छ । इंग्ल्याण्डको बेम्बली रंगशालामा भएको खेलमा ब्राजिलले १–० को जित निकालेको हो । बराबरीतर्फ उन्मुख खेलमा ब्राजिलले ८० औं मिनेटमा गोलको खडेरी तोडेको थियो । ब्राजिलका एन्ड्रिक फिलिपेले गेको एक मात्र गोल नै निर्णायक बन्यो ।

अन्य खेलमा अर्जेन्टिनाले एल साल्भाडोरलाई ३–० ले पराजित गर्दा पेरुले निकारागुवालाई २–० ले पराजित गरेको थियो । त्यसैगरी जाम्बिया र जिम्बाबेले २–२ गोलेको बराबरी खेल्दा केन्याले मलावीलार्य ४–० ले स्तब्ध बनायो । त्यस्तै, आइभरी कोस्टले बेनिनसँग २–२ गोलको बराबरी खेल्दा आयरल्याण्डले बेल्जियमसँग गोलरहित बराबरी खेल्यो । 

अस्ट्रेलियाले स्लोभाकियालाई २–०ले पराजित गर्दा डेनमार्क र स्वीट्जरल्याण्डले गोलरहित बराबरी खेले । ट्युनेसिया र क्रोएशियाले गोलरहित बराबरी खेल्दा रिपब्लिक डोमिनिकनले अरुबालाई २–० गोल अन्तरले पराजित गरेको थियो ।  





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार ८:७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया