logo-img

सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा

फागु पूर्णिमाको शुभकामनासहित सुदर्शन थापाको फिल्म ‘रावायण’को प्रदर्शन घोषणा गरेको छ । यो फिल्म २०८१ भाद्र २१ गते तिजको दिन रिलिज हुनेछ ।

सुदर्शन थापा प्रोडक्शन र पूजा शर्मा प्रोडक्शनको संयुक्त व्यानरमा बन्ने फिल्म सुदर्शन थापा र पूजा शर्मा मिलेर निर्माण गर्न लागेका हुन् ।

फिल्मका मुख्य कलाकारहरूमा पल शाह, पूजा शर्मा, प्रियंका कार्की, प्रमोद अग्रहरी, निकीता चण्डक, प्रकाश शाह, कैलाश रावल, अर्जुनजंग शाही, शर्मिला मल्ल, प्रदीप ढकालको अभिनय रहनेछ ।

निर्देशक थापाका अनुसार फिल्म चैतका तेस्रो साताबाट छायाङ्कनका लागि फ्लोरमा जानेछ । फिल्ममा शिवम अधिकारीको लेखन, सौरभ लामाको छायांकन, विक्रम स्वार र रामजी लामिछानेको कोरियोग्राफी, श्री श्रेष्ठको एक्सन हुनेछ । फिल्मको संगीतको सम्पूर्ण काम मुम्बईमा गरिएको छ ।  





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १२:२४:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया