logo-img

ऐन महरलाई एमालेले फेरि बनायो केन्द्रीय सदस्य
विवाहित महिलासँगको विवादित अडियो प्रकरणपछि दिएका थिए राजीनामा

नेकपा एमालेले ऐन महरलाई केन्द्रीय सदस्यमा मनोनीत गरेको छ । केही महिनाअघि एक विवाहित महिलासँगको विवादित अडियो सार्वजनिक भएपछि उनले केन्द्रीय सदस्यबाट राजीनामा गरेका थिए । 

आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले महरलाई पुनः केन्द्रीय सदस्यमा मनोनीत गरेको हो । 

 ‘पार्टी केन्द्रीय सदस्य ऐन महरले केही समयअघि स्वेच्छाले राजीनामा दिनुभएको थियो र स्वीकृत पनि भएको थियो’, उपमहासचिव प्रदीप ज्ञवालीले भने,‘ पछि उहाँले पार्टीमा फेरि सक्रिय भएर काम गर्ने, निष्ठा र इमान्दारीसाथ काम गर्ने प्रतिबद्धता गर्नुभएकाले पार्टीको विधानको धारा ६५ अनुसार मनोनयन गर्ने निर्णय पनि गरेको छ ।’





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार १६:४३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया