logo-img

होली खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा बेपत्ता

होलीको रङ खेलेर नुहाउन गएका तीन बालबालिका सुनकोशीमा डुबेर बेपत्ता भएका छन् । 

बेपत्ता हुनेहरूमा उदयपुर त्रियुगा नगरपालिका वडा नं १४ साउनेका मोहनबहादुर मगरका १२ वर्षीय छोरा लोकबहादुर मगर, केदार मगरका नौ वर्षीय छोरा रिदम मगर र रुद्र पुलामी मगरका १२ वर्षीय छोरी रेखा मगर रहेका छन् ।

उनीहरूसँगै कोसीमा डुबेका रुद्र पुलामी मगरका छोरा लोकचन्द्र मगर र हरिबहादुर मगरका छोरी प्रश्ना मगरलाई भने स्थानीयले उद्धार गरेका छन् । 

स्थानीय प्रहरी टोलीले सुनकोसीमा डुबेर बेपत्ता बालबालिकाको खोजी गरिरहेको जनाएको छ ।





  • प्रकाशित मिति : चैत ११, २०८० आइतबार २२:२३:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया