logo-img

ललितपुरमा होली खेल्नेक्रममा ग्याङ फाइट, दुई युवकको मृत्यु
प्रतीकात्मक तस्वीर

ललितपुरमा होली खेल्नेक्रममा दुई समूहबीच झडप हुँदा दुई जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार आइतबार राति ललितपुरको धोलाहिटीमा दुई समूहबीच झडप हुँदा धोलाहिटी बस्ने दुई जनाको मृत्यु भएको हो ।   

मृत्यु हुनेमा पाँचथर घर भई धोलाहिटी बस्ने २८ वर्षीय रोबर्ट राई र सुनसरी घर भई धोलाहिटी बस्ने ३० वर्षीय पूजन राई रहेका जिल्ला प्रहरी परिसर, ललितपुरका प्रवक्ता एसपी नरेशराज सुवेदीले जानकारी दिए ।

पूजनको शव सुमेरु अस्पताल र रोबर्टको पाटनमा राखिएको छ । घटनामा संलग्न भएको आरोपमा प्रहरीले अहिलेसम्म १८ जनालाई नियन्त्रणमा लिएको छ ।



घटनास्थलबाट धारिलो हतियार पनि बरामद भएको प्रहरीले जनाएको छ  । घटनाको कारण खेल्न बाँकी छ । 





  • प्रकाशित मिति : चैत १२, २०८० साेमबार ७:२४:३९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया