सहकारी प्रकरणमा मेरो नामबाहेक अरू केही संलग्नता छैन : गृहमन्त्री लामिछाने

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले सहकारीको घटनामा आफ्नो नामबाहेक अरू केही पनि नभएको बताएका छन् । 

राज्य व्यवस्था तथा सुशासन समितिमा बसेको बैठकमा उनले नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले केही सहकारीको रकमबारे उठाएको प्रश्नमा उनले उक्त जवाफमा दिएका हुन् । 

उनले भने, ‘सहकारीमा मेरै नाम भएको भन्ने बुझियो । त्यसमा मेरो नाम छ भनिएको छ । त्यहाँ नामबाहेक केही पनि छैन । अर्थात् न हस्ताक्षर छ, न ल्याप्चे छ, न कुनै निवेदन दिएको छु । न मेरो सामान्य केवाइसी भरिएको छ । केही पनि छैन । न कुनै पत्र पाएको छु, न कुनै अनुसन्धान भएको भन्ने कुरा थाहा छ । मैले सुनेअनुसार त्यो मुद्दा अदालतमा दर्ता भएको छ । मुद्दामा म प्रतिवादी छैन । प्रतिवादीहरूको बयानमा पनि मेरो नाम उल्लेख भएको जानकारी छैन । एउटा जाहेरी छ जुन सूचनाको रूपमा मैले ग्रहण गरेको बाहेक त्यो दर्ता पनि भएको छैन ।’ 





  • प्रकाशित मिति : चैत १४, २०८० बुधबार १५:२०:७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया