धनगढीबाट काठमाडौं उडेको श्री एयरको जहाज भैरहवामा आपत्कालीन अवतरण

धनगढीबाट काठमाडौंका लागि उडेको श्री एयरलाईन्सको जहाज भैरहवामा आपत्कालीन अवतरण गरिएको छ । बिहान ७: १२ बजे धनगढीबाट उडेको जहाज मौसम खराब भएका कारण काठमाडौं अवतरण गर्न नसकेपछि भैरहवामा अवतरण गरिएको हो ।

२ घण्टा २२ मिनेट आकाशमा होल्ड गर्दा पनि काठमाडौंमा अवतरण गर्न असम्भव भएपछि भैरहवामा आपत्कालीन अवतरण गरिएको श्री एयरका धनगढी इन्चार्ज गजेन्द्र शाहीले जानकारी दिएका छन् । 

जहाज काठमाडौंमा अवतरण गर्न नसकेपछि ९:३४ भैरहवामा आपत्कालीन अवतरण गरिएको शाहीले बताए । काठमाडौंमा जहाज अवतरण गर्ने क्रममा मौसम बिग्रिएपछि जहाज आकाशमै होल्ड गरेको र अन्तिममा भैरहवामा अवतरण गरिएको शाहीले बताए ।

अढाई घण्टासम्म जहाज सम्पर्कविहीन भएपछि जहाजमा रहेका यात्रुका आफन्तहरू अत्तालिएका थिए । धनगढीबाट उडेको जहाजले काठमाडौंको आकाशमा डेढ घण्टाभन्दा फन्को लगाएको थियो ।

यात्रुहरूका अनुसार विमानस्थलमा अवतरण गर्न जहाजका पाङ्ग्रा पनि खुलिसकेका थिए । कोटेश्वर नजिकबाट विमानस्थल देखिएको थियो तर जहाज धावनमार्गमा अवतरण नगरी माथि उडेको थियो ।  





  • प्रकाशित मिति : चैत १५, २०८० बिहीबार १२:२:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया