गृहमन्त्रीमाथि छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने कांग्रेसको माग कायमै

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा नाम मुछिएका गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय छानबिन समिति बनाउनुपर्ने मागलाई कायमै राखेको छ । रो

आइतबारको प्रतिनिधि सभा बैठकमा बोल्दै नेपाली कांग्रेसका सांसद सञ्जयकुमार गौतमले गृहमन्त्रीमाथि छानबिन गर्नुपर्नेमा गृहमन्त्रीको जिम्मेवारीमा पुगेको भन्दै यसले संशय पैदा भएको बताए । उनले प्रधानमन्त्री र सुरक्षा निकायको प्रमुखले पनि न्यायाधीश जस्तो गरी क्लिनचिट दिएको बताए । उनले प्रधानमन्त्रीले ठूलो माछालाई काखीमा च्यापेर सानो माछा खोजेको बताए । उनले चाँडो भन्दा चाँडो संसदीय समिति बनाउन मागसमेत गरे । 

उनले भने, ‘प्रधानमन्त्रीको जवाफ, प्रहरी प्रमुखको जवाफ र विकसित घटनाक्रमहरूले एउटा संशय पैदा भएको छ कि यसको न्याय निरूपण कसरी हुन्छ ? प्रधानमन्त्रीले छानबिन गर्छु भन्ने, ठुलो माछा काखीमा च्यापेर सानो माछाको मात्रै खोजी गर्ने कुराको प्रतिबद्धता देखाएर पुग्छ सभामुख महोदय ? हामीले गम्भीर प्रश्न उठाएका छौँ । हामी चाहन्छौँ, संसदीय छानबिन समिति बनोस् । संसद् हामीलाई आवश्यक छ । प्रमुख प्रतिपक्षको रूपमा हामीले उठाएको यो मुद्दामा सम्पूर्ण संसद्को ध्यानाकर्षण गराउन चाहन्छौँ । जिम्मेवार पार्टीका साथीहरूलाई पनि यसप्रति गम्भीर हुन आग्रह गर्न चाहन्छौँ । सरकार यसप्रति गम्भीर बनोस् । संसदीय समिति बनाओस् । यो कुरा चाँडो भन्दा चाँडो निष्कर्षमा पुगोस् । होइन भने यो मुद्दा बारम्बार उठाइरहने छौँ । जनताकोमा लिएर जानेछौँ । बाध्य भयौँ भने रोष्टम घेर्ने ठाउँमा पनि पुग्न सक्छौँ ।’

संसदीय छानबिन समिति नबनेमा काँग्रेस संसद् अवरोध गर्ने तहसम्म पुग्ने उनले चेतावनी दिए ।  





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १२:७:३५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया