ज्ञानेन्द्र शाहीको चेतावनी- बजेटमा उपेक्षा गरिए आन्दोलन गर्छौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रमुख सचेतक तथा सांसद ज्ञानेन्द्र शाहीले सरकारले विकास निर्माणका सवालमा कर्णालीलाई उपेक्षा गरिएको टिप्पणी गरेका छन् । 

आइतबारको प्रतिनिधि सभा बैठकको विशेष समयमा बोल्दै सांसद शाहीले कि त सरकारले कर्णालीलाई नेपालभित्र पर्दैन भनेर भन्नुपर्‍यो नभए यसरी उपेक्षा गर्न नमिल्ने बताए । 

उनले भने,‘सरकारले बजेटमा कर्णालीलाई कहिल्यै पनि प्राथमिकता दिँदैन । कि त कर्णाली नेपालमा पर्दैन भन्नुहोस् दमका साथ । हामी तपाईँभन्दा दोब्बर बढी विकास गरेर देखाउँछौँ । यदि नेपाल भित्र पर्छ भने अनावश्यकका प्रोजेक्टहरू नपठाउनुस् ।’

सरकारले कर्णालीको विकासका लागि दुई अर्ब रुपैयाँ बजेट विनियोजन गर्न थुरथुर काँप्ने गरेको शाहीको आरोप थियो । उनले भने, ‘कर्णालीमा दुई अर्ब बजेट विनियोजन गर्न सरकार किन थुरथुर काँप्छ ? भिख मागेको होइन सभामुख महोदय । अधिकार चाहिएको हो । अधिकार खोस्ने हो ।’

आउँदो आर्थिक वर्षको बजेटमा पनि कर्णालीलाई सम्बोधन नगरे संसद् र सडकमा आन्दोलन गर्ने उनको चेतावनी थियो । 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १३:३२:५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया