अर्थसचिवको दाबी- शक्ति र सोर्सफोर्सका आधारमा बजेट निर्माण हुँदैन

अर्थ मन्त्रालयका सचिव कृष्णहरी पुष्करले यसपालिको बजेट निर्माणको प्रक्रिया पूरै परिवर्तन भएको बताएका छन् । आइतबार सिंहदरबार बसेको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै उनले अघिल्ला वर्षको बजेट निर्माणमा सम्बन्धित मन्त्रालयबाट परियोजना नै नआई शक्तिको आधारमा बनाइने प्रवृत्ति रहेको भन्दै यस वर्षबाट त्यो प्रवृत्ति अन्त्य गरेको दाबी गरे । 

‘बजेट निर्माणको प्रक्रियामा यसपालिदेखि पूरै परिवर्तन भएको अवस्था छ । पहिला अर्थ मन्त्रालयबाट पनि विभिन्न खालको सोर्स फोर्समा शक्तिको आधारमा सम्बन्धित मन्त्रालयबाट प्रोजेक्ट नै नआई, प्राविधिक प्रक्रिया पूरा नभई आउने फाइलहरू यसपालिबाट पूरै बन्द भएको छ,’ उनले भने, ‘जुनसुकै योजना वा परियोजना यसपालि दर्ता गर्ने हो भने त्यसको लागि प्राविधिक पक्ष पूरा गरेर सम्बन्धित मन्त्रालयबाट आउनुपर्छ ।’

बजेटका लागि आउने प्रस्तावका लागि आफ्नै प्रक्रिया रहेको उल्लेख गर्दै उनले भने, ‘योजना आयोगमार्फत अर्थात् सम्बन्धित मन्त्रालयलाई योजना आयोगले दिएको सिलिङभित्र रहेर नै काम गर्नुपर्ने कामहरूमा भने विकृति हुँदैन । ’

उनले  संघीयता आएको यत्तिको वर्ष भइसक्दा पनि बन्नुपर्ने संयन्त्रहरू अहिलेसम्म पनि बन्न नसकेको गुनासो गरे । 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १५:१८:५७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया