logo-img

प्रधानमन्त्रीलाई कांग्रेसको चुनौती- सहकारी पीडितका अघि गृहमन्त्री निर्दोष छन् भनेर देखाउनुस्

नेपाली कांग्रेसका सांसद सन्तोष चालिसेले उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा सहभागी नभएको भन्ने जवाफ सहकारी पीडितहरुसमक्ष दिन प्रधानमन्त्री पुष्पकमल दाहाललाई चुनौती दिएका छन् । आइतबार संसद् भवन परिसरमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो चुनौती दिएका हुन् । 

उनले प्रधानमन्त्री नै न्यायाधीश बनेर सत्ता टिकाउनकै लागि दोषी छैन भन्ने जवाफ दिनु संसारमै अनौठो विषय भएको बताए । उनले गृहमन्त्री लामिछानेले सहकारीको रकम हिनामिना गरेको छैन भन्ने जवाफ सत्र सय पोखराका सहकारी पीडितलाई दिन सक्नुहुन्छ ? भन्दै प्रधानमन्त्री दाहाललाई प्रश्न गरे । उनले सहकारीको रकम हिनामिना भएको बारेमा कानुनले तोकेको निकायबाट छानबिन भई जवाफ दिनुपर्ने बताए । 

उनले भने, ‘म प्रधानमन्त्रीलाई के भन्न चाहन्छु भने रवि लामिछानेले कुनै सहकारीको रकम हिनामिना गर्नुभएको छैन भन्ने जवाफ सत्र सय जना पोखराका पीडितको बीचमा बसेर बोल्नुहोस् न त । यहाँ हाउसमा त कसले के भन्छ र बोल्नुभयो, जानुभयो । सत्र सय पीडितले होइन, उहाँको यहाँ कुनै पनि दोष छैन, संलग्नता छैन भनुन् न । त्यहाँ निवेदन परेको छ । यो त दुनियाँमा नभएको कुरा भइरहेको छ, यहाँ । जसले मन लाग्यो त्यसले जवाफ दिएर यो ठिक छ भन्न पाइन्छ, कानुनअनुसार के हो र कसले जवाफ दिने भन्ने विषय होला । समितिले दोषी ठहर गरेको खण्डमा कानुन बमोजिम कारबाही भोग्नुपर्छ ।’

उनले छानबिन समितिले दोषी ठहर गरेको खण्डमा कानुन बमोजिम कारबाही भोग्न तयार हुनुपर्ने बताए ।  





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १७:३७:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया