logo-img

कास्कीमा जिप दुर्घटना :  १२ जना घाइते

कास्कीको अन्नपूर्ण गाउँपालिका–४ स्थित भदौरेमा आज दिउँसो भएको जिप दुर्घटनामा १२ जना घाइते भएका छन् । 

पोखराबाट अन्नपूर्णको भदौरेतर्फ जाँदै गरेको ग१ज ५५४७ नम्बरको यात्रुबाहक जिप सल्लाघारी भन्ने ठाउँमा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता प्रहरी निरीक्षक सूर्य रानाले जानकारी दिए । 

उनका अनुसार घटनास्थलबाट घाइतेको उद्धार गरी उपचारका लागि पोखरा ल्याइँदै रहेकाले घाइतेको अवस्था यकिन हुन सकेको छैन । घटनास्थल पोखराबाट २९ किमी टाढा पर्दछ ।



घटनास्थलमा पुगेको नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले स्थानीयको सहयोगमा घाइतेको उद्धार गरेको थियो । घटनाको विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । 





  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार १८:२९:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया