logo-img

विद्यालय शिक्षा सुधार गर्न दलीयकरण रोक्नुपर्छ : गगन

नेपाली कांग्रेसका महामन्त्री एवं सांसद गगनकुमार थापाले विद्यालय शिक्षा सुधार गर्नका लागि दलीयकरण तथा राजनीतिकरण रोक्नुपर्ने बताएका छन् । 

सामुदायिक विद्यालय व्यवस्थापन समिति महासंघ नेपालको दशौं स्थापना दिवसको अवसरमा आइतबार राजधानीमा आयोजित अन्तरक्रिया कार्यक्रममा उनले विद्यालय व्यवस्थापन समिति गठनदेखि शिक्षकका ट्रेड युनियनहरुलाई रोक्न आवश्यक रहेको बताए । 

उनले भने, ‘जहाँसम्म विद्यालय शिक्षा सुधारको कुरामा दलीयकरण र राजनीतिकरण रोक्न आवश्यक छ, यसका लागि छलफल गर्न आवश्यक छ । गरिब परिवारका विद्यार्थीका अभिभावकहरुले विद्यालयमा खासै चासो राख्दैनन् । यो पनि त राजनीतिकै कमजोरीको कारण हो ।’



समाजमा भइरहेका अन्य विकास निर्माणका काम खबरदारी गर्न आउने अभिभावकलाई विद्यालयसम्म आउन राजनीतिले रोकेको थापाको भनाइ छ । 

त्यस्तै, उनले सरकारले विद्यालय शिक्षा निःशुल्क गरेपछि अतिरिक्त स्रोत व्यवस्थापनको ढोका खोलिदिनुपर्ने उल्लेख गरे । 

सार्वजनिक तथा सामुदायिक विद्यालयलाई स्थानीय सरकारले नजिकबाट चिन्न सक्ने भएकाले विद्यालय शिक्षा सुधारको अभिभारा उसलाई नै दिनुपर्ने उनले बताए । 



उनले भने, ‘स्थानीय सरकार नजिक भएकाले विद्यालयलाई नजिकबाट चिन्छ । सिकाइलाई नजिकबाट चिन्छ । संघले सरुवा बढुवा गर्ने काम गर्छ । त्यो त जस्ले पनि गरिहाल्छ नि !’



  • प्रकाशित मिति : चैत १८, २०८० आइतबार २१:२२:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया