logo-img

विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस

प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ । फेब्रुअरी २६ देखि २९ सम्म दोहामा आयोजना भएको विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजले पनि रिरि प्रदर्शन गर्ने मौका पाएको हो । 

विश्वभरका इन्डष्ट्रि लिडर, उद्मयी र इन्नोभेटरको बीचमा नेपाली एआई प्रडक्ट रिरि प्रदर्शन गर्न पाउनु गौरवको विषय भएको प्रिक्सा टेक्नोलोजीजजका निर्देशक अनिरूप घिमिरेले बताए ।



‘वेब समिट कतारमा नेपालमै बनेको एआई रिरि शोकेस गर्नु पाउनु नेपालको लागि गर्वको विषय हो,’ उनले भने, ‘यसले एआईको भविष्यलाई एउटा आकार दिन र एआई प्रविधिको सबैको पहुँचमा पुर्‍याउने प्रिक्साको प्रतिबद्धतामा थप हौसला मिलेको छ ।’

उक्त समिटमा रिरिलाई अवलोकनकर्ताको उत्साहजनक प्रतिक्रिया प्राप्त भएको थियो । समिटमा प्रिक्साबाट निर्देशक अनिरूप घिमिरे र मार्केटिङ प्रमुख राजन काफ्लेले प्रतिनिधित्व गरेका थिए । 

रिरि नयाँ पुस्ताको एउटा कन्भरसेसनल एआई हो । यसमा प्रयोग भएको नेचुरल ल्याङ्वेज प्रोसेसिङ र मेसिन लर्निङ एल्गोरिदमले कठिन प्रश्नहरू बुझेर प्रतिक्रिया प्रदान गर्न सक्ने कम्पनीले जनाएको छ । रिरिले प्रयोगकर्ता अनुसार कुराकानीको शैली परिवर्तन गर्न सक्छ । ​​





 

  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १५:५६:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया