logo-img

मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूकाे पछि लाग्दैनाैँ : रेशम चाैधरी

नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशम चाैधरीले आफूलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि नलाग्ने बताएका छन् । 

सोमबार पार्टीको बैठकमा कुटाकुट भएको विषय सार्वजनिक भएपछि टिप्पणी गर्दै पार्टी कसैको पेवा नभएको टिप्पणी गरेका छन् ।

नाउपाको आज अनामनगरस्थित पार्टी कार्यालयमा चौधरी समर्थक केन्द्रीय सदस्यले अध्यक्ष रञ्जिता समर्थक केन्द्रीय सदस्यलाई कुटपिट गरेको र ज्यान मार्ने धम्की दिएको आरोप लागेपछि उनले यस्ताे प्रतिक्रिया दिएका हुन् । 

अनावश्यक हल्लाको पछाडि नलाग्न आग्रह गर्दै चौधरीले चैत्र २३ र २४ गते हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यसलाई स्वीकार्ने बताएका हुन् ।

'जसरी पनि मलाई जेल हालेर सत्ताको हालिमुहाली गर्ने स्वार्थीहरूको पछाडि हामी लाग्दैनौँ, पार्टीको बैठकमा कसले कसलाई हातपात गरेकाे र ज्यान मार्ने धम्की कसले दिएकाे हाे सुन्ने हेर्ने साक्षीहरू भएकाे उल्लेख गर्दै उनले भने, 'अनावश्यक हो, हल्लाको पछि नलागौँ । चैत २३ र २४ हुने केन्द्रीय समितिको बैठकले जे निर्णय गर्छ त्यही स्वीकार्ने हो ।' 

पार्टी पहिचानवादीहरुको साझा आवाज भएकाे उल्लेख गर्दै उनले पार्टी कसैको पेवा नभएकाे बताए । 





  • प्रकाशित मिति : चैत १९, २०८० साेमबार १७:५७:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया