चर्च ब्वाईजलाई हराउँदै एपिएफ विराट गोल्डकपको सेमिफाइनलमा

विभागीय टोली सशस्त्र प्रहरी बल (एपिएफ) सहिद स्मारक ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाईजलाई हराउँदै आठौँ संस्करणको विराट गोल्डकपको सेमिफाइनलमा पुगेको छ ।

विराटनगरको सहिद मैदानमा सोमबार भएको तेस्रो क्वाटरफाइनलमा इटहरी गोल्डकपको विजेतासमेत रहेको चर्च ब्वाइजलाई २–० ले हराउँदै एपिएफ सेमिफाइनलमा प्रवेश गरेको हो । 

जितसँगै एपिएफ बुधबार फाइनल प्रवेशका लागि सेमिफाइनलमा घरेलु टोली साङ्‌ग्रिला मोरङ एफएसँग खेल्नेछ । क्वाटरफाइनलमा एपिएफको जितमा प्रदीप लामा र अनिस महर्जनले गोल गरे । खेलको पहिलो हाफसम्म दबाबमा राखेको एपिएफले दोस्रो हाफमा आक्रामक खेल पस्कियो ।

५७ औं मिनेटमा एपिएफका प्रदीपले मध्यभागबाट बललाई एक्लै अगाडि बढाएर डिबक्सभित्रबाट आकर्षक गोल गरे । उनले अन्तिम डिफेन्डरलाई बिट गर्दै बल क्लियर गरेका थिए ।

८१ औं मिनेटमा विदेश खेलाडी फोडे फोफोनाले निकालेको पासलाई एपिएफका अनिस महर्जनले गोल गर्दै टिमको जित सुनिश्चित गरे ।

योसँगै एपिएफले १० महिनापछि शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हारेको बदलासमेत लिएको छ । सो खेलमा चर्च व्वाईजले  एपिएफलाई ४–१  गोलले हराएको थियो ।





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार ७:४४:५४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया