खोजमूलक पत्रकारिता पुरस्कारको घोषणा

बारबरा फाउण्डेसनले खोजमूलक पत्रकारिता पुरस्कार–२०८१ को आह्वान गरेको छ । फाउण्डेसनका अनुसार, पत्रकारिता जगतले सिंगो राज्य पद्धतिमा सुशासनको खोजी गर्न र नियम–कानूनको थिती बसाल्न पुर्याउँदै आएको भूमिकाको सम्मान गर्न यो विशिष्ट पुरस्कारको थालनी गरिएको फाउण्डेसनले जनाएकाे छ । 

हरेक २ वर्षको अन्तरमा प्रदान गरिने पुरस्कारको राशि २५ लाख रुपैयाँको रहने र यसमा १५ लाख, ७ लाख र ३ लाख रुपैयाँ राशिका पुरस्कार प्रदान गरिने भएको छ । 

पुरस्कारमा जोडिएको मुद्धाले नेपालको सामाजिक, आर्थिक वा राज्य संयन्त्रमै परिवर्तन ल्याउन सक्ने वा प्रभाव देखाउन सक्ने तहको सान्दर्भिक सोध/खोजलाई प्रश्रय दिएको हुनुपर्नेछ ।

यसपटक वैशाख ०७९ देखि चैत ०८० सम्म (२४ महिना)मा प्रकाशन/प्रसारणमा आइसकेका अनुसन्धानपरक समाचार/सामग्रीले प्रतिष्पर्धामा स्थान पाउनेछन् । वैशाख २१, २०८१ (प्रेस फ्रिडम डे, २०२४ मे ३)मा यो पुरस्कार प्रदान गरिने  भएको छ ।

प्रतिस्पर्धामा आउने सामग्री पत्रपत्रिका, टेलिभिजन, रेडियो, पोडकास्ट वा डिजिटल पोर्टलमा प्रकाशित/प्रसारित हुनुपर्नेछ । यस्ता सामग्रीबारेको आवेदन जोजसले दिएपनि (प्रकाशक, पत्रकार, दर्शक, श्राेता वा पाठक) स्वीकार्य हुनेछ । तर, आवेदकको परिचय स्पष्ट रुपमा खुलाउनुपर्नेछ । यो आवेदन ०८० चैत मसान्तभित्रमा आइसक्नुपर्नेछ ।

फाउण्डेसनले यो पुरस्कारका अतिरिक्त भदौ महिनामा जनही अढाइ लाख रुपैयाँका दरमा ४ वटा (कुल १० लाख रुपैयाँ)को भिन्न चार विषयअन्तर्गत पत्रकारिता फेलोसिपको समेत घोषणा गरेको थियो । फाउण्डेसनले यो पत्रकारिता फेलोसिप पाउनेहरुको नाम वैशाख २१, २०८१ (प्रेस फ्रिडम डे, २०२४ मे ३) मा सावजनिक गर्नेछ ।





  • प्रकाशित मिति : चैत २०, २०८० मंगलबार १७:५४:१४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया