logo-img

रोनाल्डोको अर्को ह्याट्रिक, टिमले निकाल्यो ८-० को जित

पोर्चुगिज स्टार क्रिस्टियानो रोनाल्डोले साउदी प्रो लिगमा अर्को ह्याट्रिक गरेका छन् । गएराति सम्पन्न खेलमा अल नासरका कप्तानसमेत रहेका रोनाल्डोले अभाविरुद्ध ह्याट्रिक गरेका हुन् ।

जारी लिगमा उनको यो लगातार दोस्रो ह्याट्रिक हो । ​रोनाल्डोले गत आइतबार भएको खेलमा अलटाइविरुद्ध पनि ह्याट्रिक गरेका थिए ।

उनकै सानदार प्रदर्शनमा अभाविरुद्ध अल नासरले ८–० गोल अन्तरको फराकिलो जित निकाल्यो । यस खेलमा रोनाल्डोले पहिलो हाफमै ह्याट्रिक पूरा गरे । जारी सिजनमा उनको यो तेस्रो तथा समग्रमा ६५ औँ ह्याट्रिक हो ।   



त्यस्तै, नासरको जितमा अब्दुलाजिज अल अलिवाले दुई तथा साडियो माने, अब्दुल्माजीद अल सुलइहिम र अब्दुल रहमान घारिबले एक–एक गोल गरे । यो जितपछि प्रो लिगको दोस्रो स्थानमा रहेको अल नासरले २६ खेलबाट ६२ अंक जोडेको छ । 

यस्तै, शीर्ष स्थानको अल हिलालको २६ खेलबाट ७४ अंक छ । नासरसँग लज्जास्पद हार बेहोर्ने अभा २२ अंकसहित तालिकाको १७ औं स्थानमा छ ।





  • प्रकाशित मिति : चैत २१, २०८० बुधबार ८:१६:५१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया